न्यूक्यासलसँग टोटनह्यामको लज्जास्पद हार



काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाईटेडले टोटनह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।


न्यूक्यासलको जितमा अलेक्जाण्डर इसकले २ गोल गरेका थिए भने एन्थोनी गोर्डन र फाबियन चारले एक एक गोल गरेका थिए ।

यो जितपछि न्यूक्यसल युनाइटेडको ३२ खेलमा ५० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको ३२ खेलमा ६० अंक छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।