नैनितालमा भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु



काठमाडौं । भारतको नैनितालमा सवारी दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ । उत्ताखण्डस्थित नैनितालमा सोमबार राति सडकबाट १५० मिटर तल खसेको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने नेपालीमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।


दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने बेतालघाटका स्थानीय हुन्। काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै गर्दा दुर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।