नेप्से १४ अंकले बढ्यो



काठमाडौं । आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले बढेको छ ।

कारोबारको हिसाबले भने आइतबार नेप्से सामान्य नै रहेको छ । आइतबार २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर ४८ हजार १८३ पटक किनबेच भएको छ । 


आज ३०८ कम्पनीको शेयर किनबेच हुँदा १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । १३ वटा समुहमा ट्रेडिङ सूचक बाहेक अन्य सबै समूह हरियो भएको छ । सेन्सेटिभ इन्डेक्स २.६२ अंकले, फ्लोट इन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९० अंकले बढ्यो ।

आजको कारोबारमा पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो फाइनान्सको शेयर ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा पनि पोखरा फाइन्यस नै रह्यो ।