नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने



नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो।


नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, सोमपाल कामी, विवेक यादव र अभिनाश बोहरा छन् । करण केसी भने बेन्चमा छन् ।