डेढ किलो चरेससहित दुई जना पक्राउ



महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुर प्रहरी टोलीले सदरमुकाम महेन्द्रनगर बजारबाट डेढ किलोग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले भीमदत्त नगरपालिकाको बजार क्षेत्रबाट चरेससहित बझाङको केदारस्युँ गाउँपालिका–६ का गोविन्दबहादुर धामी र रुकमको सानोभेरी गाउँपालिका–३ का गोपाल पुनलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्करराज पन्तले पक्राउ परेका धामी र पुनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताए । उनले भने–“यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।”

त्यसैगरी प्रहरीले सोमबार पनि तीन ग्राम ५९ मिलिग्राम लागूपदार्थ खैरोहिरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का गौरवजिक्रम थापा र बेदकोट नगरपालिका– ७ का लोकेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।