टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको थियो । सो मुद्दामा आज पनि सोही इजलासमा सुनुवाइ हुन लागेको हो।


काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

आइतबार टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, कांग्रैस नेता तथा पूर्व सांसद आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारीको रिटमाथि सुनुवाइ हुने भएको हो ।