जलहरी प्रकरणमा मिलन थापासहित ३ जनालाई सफाइ



काठमाडौँ । पशुपतिनाथको जलहरी प्रकरणमा  विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिने फैसाल गरेका हुन् । 


भ्रष्टाचार अभियोगबाट सफाइ पाउनेमा डा प्रदीप ढकाल, मिलन थापा र कृष्ण श्रेष्ठ रहेका छन् ।