चालु अधिवेशन अन्त्य हुने जानकारी गराउँदै प्रतिनिधि सभाको बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन आज बेलुका राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराउँदै बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसद्मा विरोध गरेका थियो । विरोपछि सभामुख घिमिरेर आजको कार्यसूचीको क्रम संख्या १ देखि ७ सम्म रहेका कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराएका थिए । त्यसपछि सभामुख घिमिरेले विविध कारणले प्रतिनिधि सभा बैठकमा १० वा सोभन्दा बढी अनुपस्थित भएका सांसदहरुको सूचना सभाको स्वीकृतिका लागि प्रस्तुत गरेका थिए ।


त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको चालु तेस्रो अधिवेशनभर भए गरेका काम कारबाहीको संक्षिप्त विवरण जानकारी गराए । त्यसपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त भएको संसद्को चालु अधिवेशन अन्त्य गरिएको पत्र सदनमा पढेर सुनाए । उनले आज राति १२ बजेदेखि संसद्को तेस्रो चालु अधिवेशन अन्त्य भएको जानकारी गराउँदै बैठक स्थगित गरेका छन् ।