पोखरा। गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन्।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ।
तर बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएकाले यस अघि कोशी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ।
कोशीमा सभामुखले बहुमत पुर्याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो। यस बाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन्।