कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रण 



काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।


जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो भने केही समयपछि आगो निभाउन सकिएको प्रहरीले जनाएको छ ।