कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति सत्ता गठबन्धनमा छ । केन्द्रमा भएको उक्त सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न आनाकानी गरेकोमा लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् ।


उनले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।