इलाम २ मा सुहाङको अग्रता कायमै



इलाम । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।  पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३०६९  मत पाएका छन् । 

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ८३८६ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८०९८ मत पाएका छन् ।  त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १७१३ मत मात्र पाएका छन् ।


फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।