इलाम उपनिर्वाचन : सुहाङको अग्रता कायमै, कांग्रेससँग थेगिमले घटाए मतान्तर



इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाएका छन् ।

फाकफोकथुम, चुलाचुली, माङसेवुङ र माई नगरपालिका -६ सम्मको मतगणना सकिँदा एमालेका नेम्बाङले ११ हजार ६१९ मत पाएका छन् । साथै नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ६५९ मतसहित दोस्रो स्थानमा छन् । उनीहरुको मतान्तर ३ हजार ९६० मत छ ।


त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ७ हजार ४५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५९६ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।