आज दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने बताइएको छ ।


त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।