उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।
बरामद गरिएका सामानमा २० कार्टुन तेल, १० बोरा भुजिया, ६ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् ।
ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताए ।