युक्रेन र नेदरल्याण्ड्सले सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौताले कीभलाई यो वर्ष दुई अर्ब युरो बराबरको सैन्य सहायता प्रदान गर्ने राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।
युक्रेनको रक्षा प्रणालीलाई बलियो बनाउने यो सम्झौताका लागि प्रधानमन्त्री मार्क रुट्टेप्रति आभारी रहेको जेलेन्स्कीले बताए । सम्झौताको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।