बाढीका कारण तान्जानियामा १६ सय भन्दाबढी मानिस घरबारविहीनबाढीका कारण तान्जानियामा १६ सय भन्दाबढी मानिस घरबारविहीन
भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएका एक अधिकारीले बताएका छन् ।
नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिए ।
प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको र सरकार मानवीय सहायता प्रदान गर्ने प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराए । बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको छ ।