धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्ड र नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताबीच भएको भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवं टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए ।
नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए । तर,सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको उनले बताए ।