काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी यही चैत ११ गते बेइजिङ प्रस्थान गर्ने भएका हुन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले चीनमा समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछन् । उनीहरूबीच बेइजिङमा बिआरआई परियोजना कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । गत चैत १ गते नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बिआरआई परियोजना अघि बढाउन आग्रह गरेका थिए ।
चिनियाँ विदेश मन्त्रालयले पनि नियमित पत्रकार सम्मेलनमा नेपालको बदलिँदो सत्ता समीकरणसँग मिलेर काम गर्ने बताएको थियो । बिआरआई परियोजना कार्यान्वयनको विषयलाई चीन सरकारले महत्व दिँदै आएको छ ।