काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पशुपति क्षेत्र आसपासमा दर्शनार्थीहरूको भीडभाडलाई लक्षित गर्दै सवारी साधनलाई डाइभर्सन गरेको छ ।
ट्राफिक प्रहरीले गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो–बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरेको हो ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गौशाला क्षेत्रमा शिवरात्रिका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
उनका अनुसार पशुपति क्षेत्रमा महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्न ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाइभर्सन ड्यूटी लगायतमा ट्राफिक प्रहरी परिचालन भएका छन् ।
आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु
चाबहिलबाट गौशालातर्फ ।
पुरानो बानेश्वरबाट गौशालातर्फ ।
ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
सिफल चौरबाट जयबागेश्वरीतर्फ ।
लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
तिलगंगाबाट गौशालातर्फ ।
मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन
कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने ।
कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ्ग स्थलहरु:
बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालय सँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।
सिफल चौर (दर्शानार्थीहरुको)
कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
गुह्येश्वरी पारि (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)