हङकङसँग नेपाल पराजित



काठमाडौँ । मैत्रीपूर्ण टी-२० खेलमा हङकङले नेपाललाई पराजित गरेको छ । शनिबार हङकङले नेपाललाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

हङकङले दिएको २१३ रनको लक्ष्य पछाएको नेपाल १६.४ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएको थियो ।


नेपालका लागि विनोद भण्डारीले सर्बाधिक ४२ रन बनाए भने आरिफ सेखले ३८ तथा कप्तान रोहित पौडेलले ३० रन बनाएका थिए ।

त्यस्तै नेपाललाई अलआउट गर्नेक्रममा हङकङका बलर एजाज खानले सर्बाधिक ४ विकेट लिए भने एहसान खानले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ६विकेट गुमाउदै २१२ रन बनाएको थियो ।

हङकङका लागि बाबर हयातले शतकीय पारी खेलेका थिए । बाबरले ४९ बलमा ११० रन बनाएका थिए । त्यस्तै अन्शुमन राठले ३९ रन बनाए भने मार्टिन कोएत्जेले ३१ तथा एजाज खानले २१ रन बनाएका थिए ।

डेभ्यु खेल खेलिरहेका नेपाली बलर आकाश चन्दले ३ विकेट लिए भने आरिफ सेख, प्रतिस जिसी, र रसिद खानले एक एक विकेट लिएका थिए ।

अब नेपालले भोलि देखि हङकङ र पीएनजीसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छ ।