हङकङविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल



काठमाडौँ । नेपालले हङकङविरुद्ध फ्रेन्डसिप कप टी-२० मा पहिला बलिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ । 


आजको फ्रेन्डसिप कपपछि नेपालले भोलिदेखि हङकङ र पिएनजीसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्दै छ ।