हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य



काठमाडौँ । मैत्रीपूर्ण टी-२० खेलमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ६विकेट गुमाउदै २१२ रन बनाएको हो ।


हङकङका लागि बाबर हयातले शतकीय पारी खेलेका थिए । बाबरले ४९ बलमा ११० रन बनाएका थिए । त्यस्तै अन्शुमन राठले ३९ रन बनाए भने मार्टिन कोएत्जेले ३१ तथा एजाज खानले २१ रन बनाएका थिए ।

डेभ्यु खेल खेलिरहेका नेपाली बलर आकाश चन्दले ३ विकेट लिए भने आरिफ सेख, प्रतिस जिसी, र रसिद खानले एक एक विकेट लिएका थिए ।