सुर्किमारेमा घरघरै स्वच्छ खानेपानी



त्रिवेणी (रुकुमपश्चिम) । केही वर्षअघिसम्म घण्टौँ हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ सुर्किमारेका स्थानीयलाई थियो । उच्च भूभागमा घर भएकाले पनि पानीको मुहान भेट्टाउन हिँडेर दुई घण्टा समय लाग्ने गथ्र्यो । अहिले भने सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत घर आँगनमै स्वच्छ खानेपानी पुग्दा खुसी लागेको स्थानीय भीमबहादुर ओलीले बताए ।

‘‘पहिले पानीका लागि धेरै समय खर्चिनुप¥र्थो, करिब दुई घण्टाको पैदल हिँडेर पानीको जोहो गर्ने गरेका थियौँ, अहिले घरघरै पानीको धारा पुगेको छ”, उनले भने । सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत लिफ्ट प्रविधिमार्फत चार सय ५० मिटर तलदेखि उक्त टोलमा पानी पु¥याइएको छ । सुर्किमारेमा लिफ्ट प्राविधिमार्फत पानी पु¥याइए पनि ‘एक घर, एक धारा’ नहुञ्जेल स्थानीयले सहज तरिकाकाले पानी प्रयोग गर्न पाएका थिएनन् ।


यसै चैतदेखि भने मुख्यमन्त्री रोजगार कार्यक्रमबाट घरघरै पानीको धारा निर्माण गरी पानी सञ्चालनमा आएपछि भने सहज भएको स्थानीय लक्ष्मी खड्का ओलीले बताए । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरर्गत सुर्किमारेमा ५४ घरधुरीमा धारा निर्माण गरी स्थानीयले स्वच्छ पानी प्रयोग गर्न थालिसकेको निर्माण उपभोक्ता समितिका सचिव रामलाल शर्माले जानकरी दिए । उनका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु १५ लाख बजेट खर्चेर धारा निर्माण गरिएको हो ।

जनश्रमदानसहित कूल १७ लाख ३९ हजार नौ सय ३४ रकम खर्च भएको छ । यस आयोजनामा स्थानीयले पाँच÷पाँच दिन जनश्रमदान गरेका थिए । करिब २२ घनमिटरको ट्याङ्की निर्माण, पक्की धारा निर्माण, पाइप र मिटर खरिदमा उक्त रकम खर्च भएको समितिका सचिव शर्माले जानकारी दिए । केही वर्षभित्र घरघरै पानीका धारा पु¥याउने योजना वडा कार्यालयले बनाएको छ ।