सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय



काठमाडौं । सरकारले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले दिएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।


‘सरकार यो प्रकरणमा कोही पनि दोषी छुट्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिइसक्नु भएको ुअब को कसको मान्छे भनेर चुप बस्ने अवस्था छैन। जो जो दोषी ठहरिन्छन्, उनीहरूलाई आयोगको प्रतिवेदनअनुसार कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ’। उनले भनिन् ।

विभिन्न समयमा नेपाल भित्रिएको अवैध १३८ किलो सुन प्रकरणको छानबिन गर्न सरकारले गत असोजमा ४ सदस्यीय समिति बनाएको थियो । सो समितिले बिहीबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।