सुनचाँदीको मूल्यमा समान्य गिरावट, प्रतितोला कति पुग्यो?



काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य समान्य मूल्यले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम आज ३ सय रूपैयाँले घटेर १ लाख २६ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १५ सय ५ रूपैयाँ कायम भएको छ ।