सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।


महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।