सीआइबी प्रमुखको जिम्मेवारी ज्ञवालीलाई, किरण बज्राचार्यको कार्यविभागमा सरुवा



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)की प्रमुख एआइजी किरण बज्राचार्यको सरुवा भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले एआइजी श्याम ज्ञवालीलाई सीआइबीमा सरुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो।