साझा न्यूनतम कार्यक्रम कार्यदलको बैठक बस्दै



काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ः३० बजे बस्न लागेको हो ।

कार्यदलले शक्रुबार साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेतासमक्ष छलफलका लागि प्रस्तुत गर्नुअघि कार्यदलका सदस्यहरूबीच छलफल गर्न बैठक बस्न लागेको हो ।


कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।