सरकारको प्रवक्ताको जिम्मेवारीमा शर्मा



काठमाडौँ । मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोकेको छ । 

बिहीबार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो । यसअघि पनि शर्मा नै सरकारको प्रवक्ता दिइन् । 


उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताइन् ।