सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै



काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सत्ता गठबन्धन कार्यदलले मस्यौदा तयार पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ ।

शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको रास्वपाका महामन्त्री एवं कार्यदलका सदस्य मुकुल ढकालले जानकारी दिए ।


उनका अनुसार मस्यौदामा अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिइएको छ ।