सन् २०२४ को पहिलो चन्द्रग्रहण आज, कहाँबाट देखिन्छ ?



काठमाडौं । सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ । ज्योतिषविद्हरूका अनुसार आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ । होली पर्वको अवसरमा लाग्न लागेको आजको चन्द्रग्रहण एक सय वर्षपछि संयोग बनेको हो ।

चन्द्रग्रहण बिहान १०ः३९ बजे लाग्ने र दिउँसो ३ः १६ बजेसम्म रहने छ । तर, नेपालमा भने आजको चन्द्रग्रहण नदेखिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताए ।


उनका अनुसार ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव पार्दैन । आजको चन्द्रग्रहण भारत, उत्तर–पूर्वी एशिया, यूरोप, अस्ट्रेलिया, अमेरिका, जापान, रुस, आयरल्यान्ड, बेलायत, स्पेन, पोर्चुगल, इटली, एटलान्टिक, आर्कटिक र प्रशान्त क्षेत्रमा मात्रै देख्न सकिन्छ ।