![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न सो पार्टीले पदाधिकारी बैठक बोलाएको हो ।
लोसपाका महासचिव डा.सुरेन्द्र झाले महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो ।
ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयारी गरिसकेका छन् । पदाधिकारी बैठकमा ती प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)