रुग्ण र बन्द अवस्थामा रहेका उद्योग तत्काल सञ्चालनमा ल्याउन सांसद सापकोटाको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले रुग्ण र बन्द अवस्थामा रहेका ९ वटा उद्योग तत्काल सञ्चालनमा ल्यान माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले सो माग गरेका हुन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’