रास्वपामा नयाँ समीकरण र सरकारमा जानेबारे निर्णय लिने अधिकार रविलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन, सत्ता समीकरणसहितका विषयमा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकले सम्पूर्ण निर्णय लिने अधिकार सभापतिलाई दिने निर्णय गरेको हो । र्
रास्वपा सांसद मनिष झाले नयाँ गठबन्धन, सत्ता समीकरणसहितका विषयमा निर्णय लिने अधिकार सभापतिलाई दिने निर्णय भएको बताए ।


आइतबार साँझ बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसहितको बैठकमा टीआरसी पारित गर्ने, राष्ट्रियसभा अध्यक्षका विषयमा मिलेर जाने, नयाँ समीकरण लगायतका विषयमा सहमति भएको थियो ।