रास्वपाबाट इलाम-२ को उपनिर्वाचनमा ६ जना प्रारम्भिक उम्मेदवार



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम -२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् ।


रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबि विरोध गर्ने विहिबार १ बजेसम्मको समय दिएको छ ।