काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएको हो।
बैठकमा उपनिर्वाचनका साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ । पार्टी चार वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।