राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची



काठमाडौँ। आज राष्ट्रियसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः १५ मा संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।


जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद अन्सारीको हिजो बिहान काठमाडौँको नयाँबानेश्वरस्थित नागरिक अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो ।