राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित



काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो। तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ।

त्यस्तै भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ भने साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।