राज्यव्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछानेसँग छलफल हुने



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने कार्यसूची रहेको छ ।


गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न तथा गृहमन्त्री लामिछानेलाई बोलाइएको समितिले जनाएको छ ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।