युक्रेनमा पुनः आणविक संयन्त्र सुरु नगर्न रुसलाई आइएइएको चेतावनी



अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले रुसलाई दक्षिणपूर्वी युक्रेनमा जापोरिजिया आणविक ऊर्जा संयन्त्रलाई पुनः सुरु नगर्न चेतावनी दिएको छ ।

रुसी सेनाले आफ्नो आक्रमणको पहिलो दिनमा कब्जा गरेको फ्रन्टलाइन प्लान्ट लगातार हमलाका कारण सन् २०२२ देखि बन्द छ । आइएइए प्रमुख राफेल ग्रोसीले रुसको आणविक अपरेटरले संयन्त्रलाई अनलाइनमा फिर्ता राख्नुपर्ने सुझावको जवाफ दिएका थिए ।


उनले भविष्यमा कुनै पनि विन्दुमा संयन्त्रलाई पुन अनलाइन गरिने कुरालाई अस्वीकार गरेनन् । तर यसका लागि ‘धेरै सुरक्षा आँकलन गर्ने आवश्यकता हुने’ बताए । सन् २०२२ मार्चमा मस्कोले कब्जा गरेपछि पावर स्टेसनलाई बारम्बारको गोलाबारी र ड्रोन आक्रमणहरूले हल्लाएको छ र ‘ओभरहिटिङ’ लाई रोक्नका लागि निरन्तर मर्मतको आवश्यकता छ । ग्रोसीले आफ्ना दुई प्रमुख चिन्ताहरू संयन्त्रको भौतिक अखण्डतार र यसको बाह्य विद्युत् आपूर्तिमा अवरोध भएको बताए ।