मोरङमा १५ वर्षीय बालिकाको घाँटी रेटेर हत्या



मोरङ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका– ७ लामाटोलस्थित एक बालिकाको हत्या भएको छ ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका–६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको अज्ञात समूहले सोमबार राति करिब १० बजेतिर घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।


दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी उनको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान थालिएको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीले बताए । उनले तालिम प्राप्त कुकुर (के नाइन) ल्याएर घटनास्थलको थप अनुसन्धान थालिएको जानकारी दिए ।