काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले एमालेसहित नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।
‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ,’ उनले भने ।