माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दैछ । बैठक आज दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो । आजको बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षको टुंगो आइतबार लाग्ने बताएको थिए । नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको थियो ।


माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ ।