माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ



काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । रोल्पा हिँडेका महरालाई प्रहरी निइन्त्रणमा लिएको हो ।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।


महरालाई भैरहवा बिमानस्थलबाट यतिएयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ । पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । महराका छोरा राहुल यसै प्रहरणमा गत भदौ देखिनै थुनामा रहेका छन् ।

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो।