महालेखा परीक्षकमा तोयम राया सिफारिस



काठमाडौं । महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ । आइतबार बसेको सवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा रायालाई सिफारिस गरेको हो ।

रायालाई महालेखापरीक्षकमा सिफारिस उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । लेखा पृष्ठभूमिका राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।