महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अदालतले चार थुनामा राख्न अनुमति दिएको छ ।

सोमबार पक्राउ परेका महरालार्ई न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । 


सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।