मन्त्री भगवती चौधरीकाे अमेरिका भ्रमण स्थगित



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् । यही फागुन २४ गते बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले अमेरिका भ्रमणको स्वीकृति दिएको थियो । तर, अन्तिम समयमा आएर मन्त्री चौधरीको भ्रमण स्थगित भएको हो ।

सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनझको ६८औँ सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यही ३० गते विश्वासको मत लिने तयारी हुँदैछ ।


मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।