मन्त्रालय बाँडफाँट टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै



काठमाडौं । नयाँ गठबन्धनद्वारा मन्त्रालयको भागबण्डा टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने भएको हो ।

कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् । बैठकमा उनीहरुबीच मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पुराना सबै मन्त्रीहरूलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा शपथग्रहण गरेका छन् ।