काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको विरोध गरेको छ ।
चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले बीआरई परियोजनाको विरोध गरेको छ । अध्यक्ष महन्थ ठाकुरले सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको बीआईरआईले नेपालको हित नगर्ने जिकिर गरेका छन् । ने
पालले बीआरआई अघि बढाउन कार्यान्वयन सम्झौता गर्ने चर्चाबीच लोसपाले त्यसको विरोध गरेको हो ।